संविधान दिवसमा आममाफी दिइएको छैन, कैद कट्टा गरेर कैदी छुटाइएको हो: मन्त्री श्रेष्ठ।

काठमाडौं := भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताउनुभएको छ ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको बताउनुभएको हो ।

उहाँले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरुले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताउनुभयो । मन्त्री श्रेष्ठले कैद कट्टा गरेर छुटाउनु र आममाफी दिनु फरक भएको बताउनुभयो ।

हामीले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ । कारागारमा गइसकेपछि कानुनअनुसार सजाय भोग्नुपर्छ । यस पटक कसैलाई आममाफी दिइएको छैन। कैद कट्टा हो ।’

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आम माफी दिनेकुरा गलत भएको बताउनुभयो । उहाँले पहिला यी कुरामा नदिने गरिएपनि अहिले विकृति आएको बताउनुभयो ।