चीन:= एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी-२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा भारतसँग नेपाल पराजित भएको छ । चीनको हाङजाउमा मंगलबार बिहान भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।
भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुनु परेको हो । भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९-२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित भएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका छन् । यो हारसँग नेपाल क्ववाटर फाइनल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।




















