सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित।

काठमाडौं:= आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टरहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।