सूर्य नेपाल प्रालिको उत्पादन मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेसडरमा बर्षा सिवाकोटी।

काठमाडौं:= सूर्य नेपाल प्रालिको उत्पादन मंगलदीप पूजा अगरबत्तीले नेपाली चलचित्र अभिनेत्री वर्षा सिवाकोटीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । मंगलदीप पूजा अगरबत्ती ग्राहकको आवश्यकता आत्मसात गरी विभिन्न सुगन्ध तथा प्याक साइजमा उपलब्ध छन् ।

उत्कृष्ट उत्पादन सशक्तरूपमा ग्राहकसम्म पुर्‍याउन तथा आफ्नो उत्पादन प्रवद्र्धन गर्न वर्षा सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीले जनाएको छ । सिवाकोटीका साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजना गर्ने अभिप्रायले मंगलदीप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ ।

मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेंडर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्रीलगायतका उत्पादन रहेको कम्पनीले जनाएको छ ।