एनआरएनए आईसिसि केन्द्रका कार्यकारी अध्यक्ष डा.बद्रि केसी छलफलको लागि मलेसिया आउँदै।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसि केन्द्रका कार्यकारी अध्यक्ष डा.बद्रि केसी छलफलको लागि मलेसिया आउने तय भएको छ ।

एनआरएनए आईसिसिको आगामी ११औं महाधिवेशन सम्बन्धित विषयवस्तु र मलेसियामा सञ्चालित सेल्टर हाउसबारे , नेपाली श्रमिकका माग मुद्दाबारे र मलेसियाको तर्फबाट आईसिसिमा लड्नलाई पठाइएको दुई उम्मेदवारवारे  लगायत विषयमा छलफल गर्न अध्यक्ष डा.केसी मलेसिया आउन लागेको एनआरएनए आईसिसि एसिया प्यासिफिक क्षेत्रीय उप- संयोजक डि.आर.सी. र आगामी महाधिवेशनमा एनआरएनए आर.सी. पदका दाबेदार उम्मेदवार हरिप्रसाद भट्टराईले मलाया खबरलाई जानकारी गराए ।

आर.सी. उम्मेदवार भट्टराईले गराएको जानकारी अनुसार अध्यक्ष डा.केसी यहीँ मिति सन् २०२३ सेप्टेम्बर २३ तारिख कोरियादेखि मलेसियाको केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र सोही दिन दिउँसो ०३:०० बजेदेखि साझ ०५:०० बजेसम्म एनआरएनए मलेसियाको कार्यालयमा छलफल बैठक कार्यक्रम हुने बताए ।

सो छलफल कार्यक्रममा उपस्थित हुन चाहने र समय निकाल्न सक्ने मलेसियामा रहेका एनआरएनए , नेपाली श्रमिक , नेपाली ब्यावसायी , ब्यापारी , पत्रकार लगायत सबै नेपालीहरु ले उपस्थित भएर अध्यक्ष डा.केसी सामु आफ्नो विभिन्न प्रश्न , जिज्ञासा् राख्न सकिने आर.सी. उम्मेदवार भट्टराईले बताए ।