एनआरएनए मलेसियाको आयोजनामा आईतवारको दिन तीज कार्यक्रम-२०२३ आयोजना हुँदै।

क्वालालम्पुर (मलेसिया):= गैर आवासिय नेपाली संघ (एनआरएनए) एनसीसी मलेसियाको आयोजनामा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम हुने तय भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न ठाउँमा कार्यरत हिन्दु धर्म्वावलम्बी नेपाली नारीहरुकाे महानचाँड हरितालिका तीज पर्वकाे अवसर पारेर विशेषगरि महिला दिदिबहिनी हरुबीच आपसी सदभाव कायम रहोस् भन्ने हेतुले तीज विशेष कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापाले बताए ।

मलेसियामा रहेका नेपाली महिला दिदिबहिनी हरुको माइती संस्था गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास गर्न सकुन र महिला दिदिबहिनी हरुका समस्या खुलेर राख्न सकुन, एक-अर्काबीच आपसी सदभाव कायम रहोस् भन्ने उदेश्यले संघले तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष थापाले बताए ।

कोभिडका कारण गत बर्ष कार्यक्रम हुन नसकेतापनि एसियालि अन्य देशहरुमा जस्तै संघ ले मलेसियामा पहिलेदेखीनै तिज विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो । जसबाट महिला दिदिबहिनीहरुमा ससक्तिकरण र आपसी भाईचाराको सम्बन्ध बढ्दैजाने आफ्ना समस्या खुलेर राख्न सक्ने र संघमा महिला दिदिबहिनी हरु पनि समेटिनुपर्छ भन्ने मनोभाव बढेर जाने विश्वास संघले लिएको कार्यक्रम अध्यक्ष थापालाई उद्धत गर्दै एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप-संयोजक र  २०२३-२०२५ का संयोजक का उम्मेद्बार हरि भट्टराई ले जानकारी दिए ।

सो तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम यहि मिति सन् २०२३, सेप्टेम्बर १७ तारिख आईतबारका दिन (hotel grand Continental) मा आयोजना हुनेछ् ।

शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा मनोरंजनात्मक र सांगीतिक प्रस्तुति दिन गायिका तथा नृत्यङ्गना डान्सर सम्झना तामाङ , मोडल अनु पराजुली , गायिका भवाना आचार्य र नृत्यङ्गना डान्सर जुना कार्की लाई निमन्त्रणा गरिएको अध्यक्ष थापाले बताए ।