हाइकुई आँधीका कारण १ हजार ३६० जना बाढीमा फसे, ७० वटा गोही शहर पस्यो।

बेइजिङ:= भारी वर्षाले चीनको दक्षिणी क्षेत्रमा बाढीले तहस नहस भएको छ । हाइकुई आँधीका कारण १ हजार ३६० जना बाढीमा फसेका छन् । जहाँ २४ घण्टामा ७ जनाभन्दा बढीको मृत्यु भएको छ ।

उता, चिनियाँ प्रान्त ग्वाङ्डोङको माओमिङ सहरको एउटा फार्मबाट ७० वटा गोही निस्किएको खबरले पूरै सहरमा हलचल मच्चाएको छ ।

बास्तवमा भारी वर्षापछि आएको बाढी जस्तो अवस्थाका कारण गोही खेतबाट बाहिर निस्किएका हुन । जसले सो आसपासको शहर पुरै आतंकित बनेको चिनियाँ मिडियाले जानकारी दिएका छन ।