सुवासचन्द्र नेम्वाङको निधनले मलेसियास्थित नेपाली राजदूतावास वन्द रहने।

क्वालालम्पुर (मलेसिया):= केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले पार्टीका उपाध्यक्ष एवम् पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनले मलेसियास्थित नेपाली दूतावास एकदिन बन्द रहने भएको छ । नेता नेम्वाङको निधनप्रति शोक प्रकट गर्दै यहीँ मिति सन् २०२३ सेप्टेम्बर १४ तारिख बिहिवार दूतावासको कार्यालय बन्द रहनेछ् ।

मलेसियास्थित नेपाली दूतावासले सामाजिक संजाल फेसबुकमा दूतावासको आधिकारिक पेजमार्फत सार्वजनिक गरेको एक सूचना अनुसार “संविधान सभाका अध्यक्ष तथा वर्तमान प्रतिनिधि सभा सदस्य श्री शुवासचन्द्र नेम्वाङको असामयि‍क निधनप्रति शोक प्रकट गर्न नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८०/०५/२६ को निर्णयाबाट मिति २०८०/०५/२८ गते शार्वजनिक विदा दिएकोले उक्त दिनमा नेपाली राजदूतावास वन्द रहने व्यहोरा सवैमा जानकारी गराइन्छ।” भनेर सूचनामा उल्लेख छ ।

साथै दूतावासले भनेको छ , यस अवधिमा आकस्मिक सेवा लिनको लागि नेपाली राजदूतावासको हटलाईन नंम्बर +६०१६२४७२७७७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

नेपाली दूतावासले सार्वजनिक गरेको सूचना ।
advertise