चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ मा अभिनेत्री आँचल शर्मा अनुबन्धित।

काठमाडौं := रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ मा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुनुभएको छ । निर्माण टिम र आँचलबीच आइतबार बाँसुरी फिल्मस्को अफिसमा औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

यो चलचित्र आगामी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण पक्षले आँचलबाहेक अन्य काष्ट एण्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो ।

यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई हुनुहुन्थ्यो ।
चलचित्रको छायांकन असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युल हुने बताइएको छ । निर्माण पक्षले यस चलचित्रको स्लोगने ‘किन चाउरियो मरिच आफ्नै रागले’ दिएको छ ।