महिला टी–२० विश्वकपको एसियाली छनोट खेलमा नेपालको लगातार दोस्रो जित।

काठमाडौं := महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले बहराइनलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।  पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको हो ।

शुक्रबार भएको खेलमा पहिला ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा अलआउट हुँदै दिएको ३१ रनको लक्ष्य नेपालले विनाविकेटको क्षतिमा २.५ ओभरमा भेट्टाएको हो । नेपालले १३ अतिरिक्त रन पाएको थियो। कविता कुँवरले अविजित १७ र सिता रानामगरले २ रन बनाइन्।