उत्तर कोरियाले बुधबार छोटो दुरीका दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गर्यो।

सिओल:= उत्तर कोरियाले बुधबार छोटो दुरीका दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अमेरिकाले सहयोगी सैन्य अभ्यासका लागि छुट्टै बी– १बमवर्षक तैनाथ गरेको केही घण्टापछि उत्तर कोरियाको सेनाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ।

यो जानकारी दक्षिण कोरियाले दिएको हो। उही समयमा जापानी मिडियाले उत्तर कोरियाबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको जानकारी दिएको छ, जुन जापानको एक्सक्लुसिभ इकोनोमिक जोन बाहिर खसेको छ।