क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको लागी मलेसियामा कार्यरत रहेका सुदूरपश्चिमेली नेपाली हरु एक ठाउँमा भेला भैइ सुदुरपश्चिममा प्रख्यात मौलिक चाडपर्व “गौरा” पर्व धुमधामका साथ मनाउने भएका छन् ।
बिगतको वर्षदेखिनै निरन्तर रुपमा मनाउँदै आएको गौरा पर्व सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि यहीँ आउँदो सेप्टेम्बर महिनाको १० तारिख आईतवारको दिन राजधानी क्वालालम्पुरमा अवस्थित होटेल ग्रेण्ड कण्टिनेन्टलमा धुमधामका साथ मनाउन लागेको हो ।

नेपाली राजदूतावास मलेसियाका राजदूत महामहिम डिल्ली राज पौडेलको प्रमुख आतिथ्यमा हुने गौरा पर्व तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा भैईसकेको र उक्त कार्यक्रममा नेपालदेखी आमन्त्रित र मलेसियाको स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति रहने आयोजक सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको अध्यक्ष दिनेश खड्का “खप्तडी”ले बताए ।
सो कार्यक्रममा उपस्थितिको लागि मलेसियामा क्रियासिल संघसंस्थाका प्रतिनिधि, बिभिन्न पेसामा आबद्ध रहेका समाजसेवी,राजनितिक दलका प्रतिनिधि, पत्रकार, कलाकार र व्यवसायि लगायत श्रमिकहरुको सहभागीता लागि अध्यक्ष खड्काले अनुरोध गरेका छ्न ।




















