नेपालमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुग्यो।

काठमाडौं := नेपाल सरकारले नेपालमा कार्यरत श्रमिक हरुको न्यूनतम पारिश्रमिक बढाएको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको हो । आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्‍याइएको हो । यो भन्दा पहिले पारिश्रमिक न्यूनतम मासिक १५ हजार रुपैयाँ थियो ।