क्वालालम्पुर (मलेसिया):= प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाले वर्षदिन भित्र मा यहाँ मलेसियामा विभिन्न कारण समस्यामा परेका ६० जना नेपाली श्रमिकलाई हवाई टिकट सहयोग दिने भएको छ ।
बुधबार मलेसिया स्थित नेपाली दूतावास र मञ्चबीचमा नेपाली श्रमिकका हकहितका विषयमा भएको छलफल पश्चात मञ्चले विविध कारणवँस यहाँ मलेसियामा अप्ठ्यारोमा परेका, जेल जीवन बिताउन बाध्य नेपालीहरुलाई घरफिर्तीका लागि वार्षिक ६० जनालाई हवाई टिकट दिने निर्णय गरेको हो ।
मञ्चको नेपाली राजदुतवास मलेसियाका प्रतिनिधिबिच भेटघाट तथा छलफल सकारात्मक रहेको पनि जनाएको छ । “दूतावास परिवारको अमुल्य समयका बाबजुद पनि हाम्रो लागि प्रसस्त समय मिलाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दै महामहिम राजदुत तथा दूतावास परिवारको हामी तथा हाम्रो मञ्चप्रतिको सकारात्मक चिन्तन, मार्गदर्शन, प्रेरणा र सल्लाह सुझाब बाट हामीमा थप उर्जा थपिएको छ”, मञ्चले आफ्नो फेसबुक पेजमा लेखेको छ ।
मञ्चले हालसम्म ५ जनालाई नेपालसम्मको टिकट दिइसकेको र ती टिकट पाएका श्रमिक हरु नेपाल फर्किसकेको मञ्चका उपाध्यक्ष जीवन देवान गाउँलेले जानकारी दिए ।




















