ब्राजिलियन फरवार्ड नेमार पनि साउदी अरेबियाको क्लबमा अनुबन्धित।

एजेन्सी (साउदी):= ब्राजिलियन फरवार्ड नेमार पनि साउदी क्लबमा अनुबन्धित हुनुभएको छ । नेमार साउदी प्रो-लिग क्लब अल हिलालसँग अनुबन्धित हुनुभएको हो। पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी क्लब अल हिलालबीच नेमारका विषयमा सम्झौता भएको हो ।

अल हिलालले नेमारका लागि ९० मिलियन युरो र थप बोनससहित सम्झौता गरेको हो । अब नेमार स्वास्थ्य परीक्षण र कागजी प्रक्रियापछि अल हिलालबाट खेल्नुहुनेछ । नेमारले अल हिलालबाट वार्षिक १५० मिलियन युरो प्राप्त गर्नुहुनेछ । जुन उहाँले पिएसजीमा पाउनेभन्दा दोब्बर बढी रकम हो ।

नेमार सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमान रकम २२२ मिलियन युरोमा पिएसजीसँग अनुबन्धित हुनुभएको थियो । पछिल्लो समय चोटका कारण धेरैपटक मैदानबाहिर रहनुभएका नेमारलाई प्रशिक्षक लुइस इन्रिकेले शनिबार लोरियन्टसँग लिग वानको पहिलो खेलमा समावेश गर्नुभएको थिएन । पिएसजीबाट उहाँले १७३ खेल खेल्ने क्रममा १३ उपाधि जित्नुभयो ।