काठमाडौं := चलचित्र ‘नांगो गाउँ’को गीत ‘पहिलो नम्बर’मा सार्वजनिक गरिएको छ । भदौको २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नांगो गाउँ’को सार्वजनिक गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नांगो गाउँ’को गीतमा कर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिएको छ ।
चलचित्रमा कर्मा र साम्राज्ञीसँगै दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, बुुद्धि तामाङ, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्कालगायतका कलाकारको अभिनय छ ।




















