२९ओैं विश्व आदिवासी दिवस-२०२३ मलेसियामा मनाइदैं, जातीय झाँकी, नृत्यको प्रस्तुतिसंगै खानाको परिकार।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ प्रवास शाखा मलेसियाले २९ओैं विश्व आदिवासी दिवस-२०२३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तय भएको छ ।

यस् दिवसलाइ संयुक्त राष्ट्रसंघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गरिन्छ । सोही अनुरुप मलेसियामा पनि दिवस मनाउन लागिएको हो ।

“पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागि बनौ । परम्परागत ज्ञान शिपँको प्रबर्द्धन गर्दै पुख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौ ॥” भन्ने मुल नाराको साथ यहीँ सन् २०२३ अगस्ट १३ तारिख आईतवारका दिन राजधानी क्वालालम्पुर स्थित एनआरएन मलेसियाको कार्यलय स्थित सभाहलमा दिउसोको २:०० बजेदेखि सुरु हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले बताए ।

साथै विभिन्न आदिवासी जातजातिको जातीय मौलिक नृत्य संगै स्थानीय कलाकार हरु को बेजोड सांस्कृतिक प्रस्तुति समेत रहने अध्यक्ष राईले बताए । सोही दिनको कार्यक्रममा प्रवासमा रहेर पनि विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व हरुलाई सम्मान कार्यक्रम समेत रहने अध्यक्षलाई उद्धत गर्दै महासचिव विक्रम वाईवा तामाङले जानकारी दिए ।

जानकारी अनुसार उक्त कार्यक्रममा मलेसियामा सक्रिय विभिन्न संघ संस्थाको पदाधिकारीहरु को उल्लेख्य उपस्थित संगै राजदुतावास मलेसियाको प्रमुख आतिथ्यता रहनेछ। कार्यक्रमलाई मन्डला रेष्टुरेन्ट , एभरेष्ट किचेन रेष्टुरेन्ट र द – गोर्खाज रेष्टुरेन्टले प्रयोजन गर्ने भएको छन् ।