मेयर बालेन्द्र शाह (बालेन)ले विद्यावारिधि गर्ने।

काठमाडौं := काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यावारिधि गर्ने भएका छन् । यसका लागि काठमाडौँ विश्वविद्यालयले उनलाई फेलोसिप प्रदान गरेको छ ।

उनको अध्ययन विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ् विभागमा हुनेछ ।  शाहले ‘पर्यटन र अर्थतन्त्रको प्रवर्धनका लागि नेवा सम्पदा संरक्षण’ विषयलाई शोधको विषय छानेका छन् ।