साउदी:= जर्मन क्लब बायर्न म्युनिखका विंगर साडियो माने बायर्न म्युनिख छाडेर साउदी अरबको अल नासरमा अनुबन्धित हुनुभएको छ । बायर्नले मंगलबार एक विज्ञप्तिमार्फत् दुई क्लबबीच मानेको ट्रान्सफरका लागि सहमति भएको जनाएको छ । गत सिजन बायर्नबाट जर्मन लिग जितेका सेनेगलका स्टार मानेलाई यस सिजनमा भने बेचेको हो ।
मानेले अब अल नासरमा क्रिस्टियानो रोनाल्डोसँग आक्रमणमा साझेदारी गर्नुहुनेछ । अल नासरले इन्टर मिलानबाट मार्सेलो ब्रोजोभिच, म्यानचेस्टर युनाइटेडबाट एलेक्स टेलेस र लेन्सबाट सेको फोफाना भित्र्याइसकेको छ । मानेकै पूर्वक्लब लिभरपुलबाट कप्तान जोर्डन हेन्डरसन, रोबर्टो फिर्मिनो र फाबिन्हो पनि साउदी पुग्नुभएको छ । यस्तै, करीम बेन्जेमा, चेल्सीका एनगोलो कान्टे पनि साउदी क्लबबाट खेल्दैछन् । एजेन्सी ।




















