क्वालालम्पुर (मलेसिया):= नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसियाले सहयोग गरेको हवाई टिकटमा मुना मिया अन्सारी स्वदेश फर्किएका छन् । लामो समयदेखि मानसिक रोगी भएर बिरामी रहेका मिया अन्सारीलाई प्रवासी नेपाली मंच मलेसियाले हवाई टिकट उपलब्ध गराएको हो ।
नेपाली राजदूतावास मलेसियाको समन्वयमा प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढथापा मार्फत पिडित अन्सारी लाई टिकट उपलब्ध गराएको र अन्सारीलाई स्वदेश फर्किन आवश्यक पर्ने यात्रा अनुमतिपत्र र अध्यागमन बिभागको जरिवाना रकम लगायत दूतावासले बेहोरिदिएर दूतावास र मञ्चले गरेको सहयोग सहकार्यमा अन्सारी स्वदेश फर्किएको प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले बताए ।

अन्सारी आफू कार्यरत रोजगारदाता कम्पनीबाट भागेर अबैधानिक (इलिगल) रुपमा ६ बर्षदेखी मलेसियामै काम गर्दै आएका थिए। लामो समय देखि बिरामी रहेको र घर फर्किनको लागि आर्थिक अभावको कारण स्वदेश फर्किन नपाएका अन्सारीलाई मञ्चका अध्यक्ष कुमालले दुतावाससँग समन्वय गरि उनलाई टिकट उपलब्ध गराएको प्रशासकीय अधिकृत प्रेमबहादुर बुढथापा ले बताए। बिरामी अन्सारी हिमालय एर्लाईन्स मार्फत मंगलबार साझ ६:३५ बजेको हवाईजहाजमा नेपाल फर्किएका हुन । उनको घर बारा जिल्ला सिम्रौनगढ हो ।
गत आईतबार मलेसियामा आयोजित एनआरएनए संस्थाको सार्वजनिक अधिवेशन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष कुमालले यहाँ मलेसियामा विभिन्न कारणबस पीडित र आराम समस्यामा परेका नेपाली श्रमिक हरुलाई स्वदेश फर्काउनको लागि बार्षिक रुपमा ६० वटा टिकट मञ्चको तर्फबाट उपलब्ध गराउने घोषणा गरेका थिए, सोही अनुरुप मञ्चले अन्सारीलाई टिकट सहयोग गरि अभियानको सुरुवात गरेका हुन ।





















