[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको सन् २०२३-२०२५ सम्मको कार्यकालको लागि ८औं अधिवेशन सम्पन्न भएको छ । सन् २०२३ जुलाई ३० तारिख आईतवार सम्पन्न अधिवेशनमा नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ ।
आठौं राष्ट्रिय अधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन । एनआरएनए मलेसियाको निर्वाचनमा सर्वसम्मत नै आपसी सहमतिमै सबै पदाधिकारी नेतृत्व चयन गरिएको छ ।

निर्वाचन प्रमुख न्यौपानेले बताए अनुसार दुईजना बीच भएको आपसी सहमति अनुसार नेतृत्वमा फेरि विनोद थापा एक बर्षलाई दोहोरिएका छन भने अर्को एक बर्ष राकेश महतो अध्यक्ष बन्नेछन । अहिलेलाई राकेश महतो प्रथम उपाध्यक्षको भुमिकामा रहेर काम गर्नेछ्न, भने अर्को बर्ष महतो अध्यक्ष भएपछि बिनोद थापा सल्लाहकार भएर काम गर्नेछ्न ।


यसैगरी, वरिष्ठ उपाध्यक्षमा इन्द्र नारायण लिम्बु , उपाध्यक्ष हरु मा हेमराज सापकोटा, रंजित कुमार क्षेत्री, अरुण गिरी र दिल कुमार केरुङ चयन भएका छन्। युवा उपाध्यक्षको जिम्मेवारी नारायण अधिकारीलाई दिइएको छ भने लिला मगरलाई महिला उपाध्यक्ष बनाइएको छ ।

महासचिव पदमा टेक बहादुर अधिकारी (टिकाराम) चयन भएका छन्। यस्तै, सचिवमा श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बराल चुनिएका छन। त्यस्तै, कोषाध्यक्षमा बाल ध्वज लिम्बू, सह-कोषाध्यक्षमा विमल राना, युवा संयोजकमा राजु लामा र महिला संयोजकमा ईन्दु बस्नेत चयन भएका छन । कार्यसमिति सदस्यहरुमा उमेश कोइरी महतो , विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेषराज ज्ञवाली (हरी), खेम राज खत्री र विजय मण्डल निर्वाचित भएका छन् ।

अधिवेसनले मलेसियाबाट आइसीसी सदस्यमा शेर बहादुर गुरुङ, सन्तोष कार्की,सन्तोष रिजाल,मिरा पुरी गिरीलाई सिफारिस गरि पठाइएको छ । महाधिवेशनको उद्घाटन मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल र एनआरएनए पदाधिकारी हरुले संयुक्त रुपमा दिप प्रज्वलन गरि गरेका थिए ।

अधिवेशनमा मलेसिया तथा नेपालमा रहेर नेपाली समुदायको लागि योगदान गर्ने समाजसेवी, व्यवसायी, खेलाडी, कलाकार र संचारकर्मी, पत्रकार हरुलाई विशेष योग्दानको कदर गरी सम्मान पत्र प्रदान गरिएको थियो ।



अधिवेशनमा उपाध्यक्ष आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी,सचिव खगेन्द्र न्यौपाने,सचिव प्रविन गुरुङ,एशिया प्याशिफिक डिआरसी हरि भट्टराई,एनसीसी कम्बोडियाका अध्यक्ष लालसिंह खड्का, चर्चित गायक आनन्द कार्की,कलाकारहरु सोभा त्रिपाठी,एलिना रायमाझी,नम्रता सापकोटा , पत्रकार , विभिन्न सामाजिक , राजनीतिक संघसंस्थाका पदाधिकारी हरु लगायतको आतिथ्यता रहेको थियो ।





















