मलेसियामा मृत्यु भएका श्रमिक भरत बहादुर क्षेत्रीको अन्तिम दाहसंस्कार मलेसियामै सम्पन्न।

पेनाङ (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा दुई दशक अगाडीनै मलेसिया आएका रुपन्देही जिल्ला कन्चन गाउँपालिका निवासी भरत बहादुर क्षेत्रीको मलेसियामा नै मृत्यु भए पश्चात यहीँ जुलाई ३० तारिख २०२३ को दिन मलेसियाको पेनाङ्गमा अन्तिम दाह संस्कार सम्पन्न गरेका छ्न ।

गत डिसेम्बर सन् २०२२ मा देहावसान भएका उनको पार्थिब शरीर लामो समयदेखी पेराक राज्यको इपो शहर स्थित एक अस्पतालमा बेवारिसे जस्तै भएर दाहसंस्कार को प्रतीक्षामा राखिएको थियो , अस्पताल प्रसाशन , नेपाली दूतावास लगायतसंग अनुमति लिई सबै प्रक्रिया पूरा गरेर दाह संस्कार सम्पन्न गरिएको जनउद्दार केन्द्र पेनाङ मलेसियाको अध्यक्ष केशु थापाले जानकारी दिएका हुन् ।

वैदेशिक रोजगारीमा आएका मृतक क्षेत्री बिगत १९/२० बर्ष अगाडी देखिनै परिवार र आफन्त हरु संग सम्पर्क बिहिन रहेको कुरा उनको परिवार बाट खुल्न आएको छ। अबैधानिक रुपमा  बसोबास गर्दै आएको  , लामो समयसम्म घरपरिवार संग सम्पर्कमा नरहेको र साथमा कुनै परिचय खुल्ने कागजात नभेटिएको हुँदा शवको पहिचान गर्न (DNA) रक्त परिक्षण  समेत गर्नुपरेको थियो ।

ढिलै भएपनी सम्पूर्ण प्रक्रिया पुर्याएर अन्तिम संस्कार गरिदिएको मा मृतकका परिवार ले दूतावास र संस्थाप्रति आभार व्यक्त गरेका छन ।  बिद्धुतिय शबदाह गृहमा अन्तिम संस्कार गर्नेबेला उनका परिवार र आफन्त भिडियो कल मार्फत जोडिएर सहभागीता जनाएका थिए ।

दाह संस्कार जस्तो पुण्य कर्ममा  केन्द्रका अध्यक्ष केशु थापको नेतृत्वमा  संस्थाका बरिस्ठ उपाध्यक्ष देबेन्द्र गिरी, महासचिव शंकर देब आचार्य,  कोषाध्यक्ष बिरस पुन, पेनाङ्ग क्षेत्रीय समिति संयोजक , डिल बहादुर घर्ती, सदस्य तारा प्रसाद बलाल र अन्य सदस्य हरुको उपस्थिति रहेको थियो ।

दुखको यस् समयमा हामिलाई बिश्वास गरि यो जिम्मेवारी सुम्पनु हुने मृतकका परिवार तथा नेपाली दूतावास लगायत सबै सहयोगीदाताहरु लाई जनउद्दार केन्द्रले धन्यवाद ज्ञापन गरेका छ्न ।