प्रवासी नेपाली मञ्चले मलेसियामा पीडित ६० जना नेपालीलाई हवाई टिकट सहयोग गर्छौ: अध्यक्ष कुमाल।

क्वालालम्पुर (मलेसिया):= नेकपा एमाले पार्टी निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसियाले मलेसियामा विभिन्न बाहानामा पीडित नेपाली कामदार हरु लाई हवाई टिकट सहयोग गर्ने बताएका छ्न ।

आज आईतवार जुलाई ३० तारिख आयोजित एनआरएनए मलेसियाको ८औं अधिवेशन मा अतिथिको आशनबाट आफ्नो मन्तव्य राख्दै मञ्चको मलेसिया अध्यक्ष दयारामा कुमालले मलेसियामा पीडित ६० जना नेपाली कामदार हरु लाई मञ्चको तर्फबाट हवाई टिकट उपलब्ध गराउने बताएका हुन् ।

अध्यक्ष कुमालले सो हवाई टिकट मलेसियास्थित नेपाली दूतावासको समन्वय मा सहयोग गरिने बताए ।
प्रवासी नेपाली मञ्चले यहाँ रहेका नेपाली कामदार हरु लाई आवश्यक आर्थिक भौतिक सहयोग गर्दै आईरहनु भएको छ ।