एनआरएनए मलेसियाको ८औं अधिवेशनलाई सबै मिलेर सफल बनाउनुपर्छ: हरि भट्टराई।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= यतिखेर मलेसियामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको ८औं अधिवेशनको चर्चा परिचर्चा चलिरहेको छ। अधिवेशन यहीँ जुलाई ३० तारिख आईतवारको दिन राजधानी क्वालालम्पुरस्थित होटेल ग्रेण्ड कन्टिनेन्टलमा बिहान ११:०० बजेदेखि आयोजना हुने तय भएको हो ।

एनआरएनए मलेसियाको नयाँ कार्यकाल सन् २०२३-२०२५ सम्मको लागि सर्व सम्मत सहमतिमै नयाँ कार्यसमिति  निर्विरोध निर्वाचित भैइसकेका छ्न । ३० तारिख हुन गैइरहेको अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउनलाई मलेसियामा रहनु भएका सबै नेपालीको साथ र सहयोगको खाचो रहेको एनआरएनए मलेसियाको पुर्व अध्यक्ष एवम् अहिलेका एसिया प्यासिफिक क्षेत्रीय उप-संयोजक डिआरसी (DRC) हरि भट्टराईले बताए ।

मलाया खबरसंगको कुराकानीको क्रममा डिआरसि भट्टराईले एनआरएनए मलेसिया भनेको मलेसियामा रहेका आम सबै नेपाली श्रमिक , व्यापारी , ब्यावसायी , समाजसेवी , खेलाडी , पत्रकार लगायत सबैको हितको निम्ति स्थापना भएको एक सामाजिक संस्था हो , पीडित श्रमिक हरु लाई सहयोग गर्न एनआरएनए मलेसिया नेपाली दूतावास पछिको दोस्रो ठूलो संस्था पनि भएकोले यस् संस्थाको अधिवेशनलाई सबै मिलेर सफल बनाउन सबै नेपालीको दायित्व उतिनै रहेकोले सबै मिलेर अधिवेशन सफल पार्न आ-आफ्नो ठाउँबाट लाग्नु पर्ने अनुरोध सहित तर्क गरे ।

उहाँले भन्नुभयो , “हिजो एक – आपसमा भएका तिता, नराम्रा  कुराहरूलाई बिर्सेर मिठा कुराकानी गर्दै सबैसंग सदभाव कायम गरि जुलाई ३० तारिख हुन गैइरहेको यस् अधिवेशनलाई सफलता पुर्वक सम्पन्न गर्नुपर्छ । ” अधिवेशनको तयारी पनि लगभग सकिसकेको छ, र नेपालसंगै अन्य देशबाट मलेसियाको अधिवेशनमा सहभागी हुन आउने पाहुनाहरुको आगमन समेत भैइरहेको बताए ।

नेपालबाट अधिवेशनलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय कलाकारहरु आनन्द कार्की , सोभा त्रिपाठि , एलिना रायमाझी , नम्रता सापकोटा लगायत पाहुनाहरु पनि सहभागी हुन मलेसिया आईपुग्नु भएकोले यहाँ कार्यरत सबै नेपालीले निशुल्क रुपमा अधिवेशनमा आएर उपस्थित हुन पाउने भट्टराईले बताए ।

भट्टराईले यस् अघि सन् २०१९ – २०२१ सम्म आफू अध्यक्ष पदमा निर्वाचित भएको कार्यकालमा मलेसियामा रहेका नेपाली श्रमिक,पीडितहरुको उद्धार एवंम सहयोगका लागि ५० हजार रिंगिट करिब १३ लाख ५० हजार नेपाली रुपैंया दान गरेर श्रमिक कल्याणकारी कोष स्थापना गरि सयौं नेपाली , श्रमिक हरु लाई आर्थिक सहयोग र उद्दार गरेका थिए ।

फोटो : भट्टराई तत्कालीन अध्यक्ष पदमा रहेको बेला श्रमिकलाई अस्पतालमै भेटेर आर्थिक सहयोग गर्दै गर्दाको तस्वीर ।