क्वालालाम्पुर(मलेसिया):= नेपालको पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मलेसिया र नेपालबीच भएको शुन्य लगानीको श्रम सम्झौता कार्यन्वयनका लागि मलेसियाका गृहमन्त्री दातोक श्री साइफुद्दिन नासुसन स्माईललाई ध्यनाकर्षण गराएका छन् ।
इन्डोनेसियाको भ्रमणमा रहेका अध्यक्ष नेपालले मलेसियाका गृहमन्त्री स्माईलसँग भेटवार्ता गरी यस्तो सम्झौता भैइसकेकोले कार्वानयनमा ल्याउनेबारे ध्यानाकर्षण गराएका हुन् । गृहमन्त्रीसंगको भेटवार्तामा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल लगायत पनि सहभागी भएका थिए ।

जुलाई २५ मा भएको गृहमन्त्रीसँगको भेटवार्तामा नेपाल र मलेसिया सरकारबीच भएको ‘फ्रि भिसा फ्रि टिकेट’ सम्झौतालाई कार्यन्वयन, श्रमिकलाई अभिमुखीकरण तालिम प्रदान, विभिन्न कारण जेल परेका नेपालीहरुलाई सहजरुपमा स्वदेश फर्काउने, सेक्युरीटी गार्डहरुको तलब सुविधा वृद्धि तथा सेक्युरीटी गार्डहरुलाई हुने शारीरिक र मानसिक दुर्ब्यवहार लगायतको बिषयमा ध्यानाकर्षषण गराएको पूर्वप्रधानमन्त्री नेपालले बताए ।

नेपालले ईन्डोनेसियाको भ्रमणका क्रममा मलेसियाको पनि एक दिनको भ्रमण गरेका हुन् । यसैक्रममा मलेसियामा रहेका नेपालीहरु, नेपाली संघसंगठनका प्रतिनिधिहरुसँग सद्भाव भेट राजदुत निवासमा भएको थियो ।





















