जुलाई ३० तारिख हुने एनआरएनए मलेसियाको अधिवेशनमा नेपाली कलाकारको सांगीतिक प्रस्तुती रहने।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको ८औं अधिवेशन कार्यक्रम आयोजना हुने भएको छ ।

“नेपालीका लागि नेपाली” भन्ने मुल नाराको साथ एनआरएनए मलेसियाको अधिवेशन यहीँ जुलाई ३० तारिख आईतवारको दिन होटेल ग्रेण्ड कन्टिनेन्टलमा बिहान १०:०० बजेदेखि ८औं अधिवेशन कार्यक्रम भब्य आयोजना हुने महासचिव रन्जित क्षेत्रीले जानकारी दिनुभयो ।

सो अधिवेशन कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नेपालबाट आमन्त्रित नेपाली राष्ट्रिय कलाकारहरु एलिना रायमाझी , सोभा त्रिपाठी , आनन्द कार्की , नम्रता सापकोटा लगायत विभिन्न स्थानीय कलाकारहरु ले आफ्नो सांगीतिक प्रस्तुति समेत पस्किने कार्यक्रम तय भएको महासचिव क्षेत्रीले बताए ।

साथै सोही अधिवेशन कार्यक्रममा मलेसियामा श्रमिकको क्षेत्रमा सक्रिय रहि नेपाली श्रमिककै निम्ति पत्रकारिता गर्दै आएका पत्रकार ,सञ्चारकर्मी , त्यस्तै मलेसियाबाटै पनि फुटबल खेल क्षेत्रमा योगदान पुर्याई नेपालको नाम उच्च राख्ने खेलाडी हरु , निर्वाचन समिति लगायतका विभिन्न ब्यक्तित्व हरु लाई सम्मानित गरिने कार्यक्रम समेत तय भएको महासचिव क्षेत्रीले बताए ।

एनआरएनए मलेसियाका अध्यक्ष बिनोद बहादुर थापाले अधिवेशनको सबै तयारी पूरा भैइसकेको बताउँदै अधिवेशनमा यहाँ कार्यरत नेपाली श्रमिकहरु , व्यापारी , ब्यावसायी , पुर्व एनआरएनए अभियान्ता , समाजसेवी लगायत सबै नेपालीलाई अधिवेशन कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको छ ।