चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौं) भदौ ८ देखि देशभर प्रदर्शन हुने।

काठमाडौं:= चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौं) भदौ ८ देखि देशभरका सिनेमाघरमा आउनेभएको छ । मोहन राईको लेखन तथा निर्देशन रहेको यो चलचित्र विभिन्न फेष्टिभलपछि नेपाल रिलिज हुन लागेको हो । विभिन्न देशका फेस्टिभलको यात्रापछि घरेलु दर्शकका लागि चलचित्र प्रदर्शन गर्न लागेको निर्देशक राईले जानकारी दिनुभयो ।

माउण्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, परिक्षित झाको सम्पादन छ। चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुनुहुन्छ भने क्रियटिभ निर्माता नवनिधि दाहाल हुनुहुन्छ । चलचित्रमा कर्मा, मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डेलगायत कलाकारको अभिनय छ ।