एनआरएनए मलेसियामा चुनाव: अध्यक्षमा थापा र महतो, महासचिवमा राना र अधिकारी भिड्दैं।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको जुलाई ३० तारिख सम्पन्न हुने निर्वाचनमा भाग लिएका दुई वटा पदका उम्मेदवार हरु बीच चुनावी प्रतिस्पर्धा हुने तय भएको छ ।

निर्वाचन समितिले अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन जना उम्मेदवार हरु मध्यको सन्तोष कार्कीले अध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपनी बिनोद थापा , राकेश महतो चुनावी प्रतिस्पर्धामा भिड्ने लागेका छ्न । त्यस्तै महासचिव पदका उम्मेदवार हरु बिमल राना र टेक बहादुर अधिकारी पनि चुनावमा भिड्ने भएका हुन । यी उम्मेदवार हरु बीच कडा प्रतिस्पर्धा हुने देखिन्छन् ।

निर्वाचन समितिले उम्मेदवार हरु बीच एक आपसमा सहमतिको बातावरण बनाउन र निर्विरोध नयाँ पदाधिकारी छनौट गर्न आज जुलाई २४ तारिख समय थप गरेका थिए , तर यी उम्मेदवारहरु बीच आज सम्म पनि सहमति हुन नसकेपछि चुनाव हुने तय भएको समितिले जनाए ।

निर्वाचन समितिका संयोजक खगेन्द्र न्यौपानेले बताए अनुसार अध्यक्ष पदका उम्मेदवार बिनोद थापा र राकेश महतोबीचमा अनि महासचिव पदका उम्मेदवार बिमल राना र टेक बहादुर अधिकारी (टीकाराम) को बीचमा यहीँ जुलाई २९ तारिख शनिबारको दिन बिहानदेखी साझसम्म अनलाइन भोटिङ मार्फत चुनावी प्रतिस्पर्धा हुने बताए ।

एनआरएनए मलेसियाको इतिहास हेर्ने हो भने यस् भन्दा पहिलेका कार्यसमिति सहमतीमै चयन हुँदै आएको थियो , तर इतिहासमै पहिलोपटक मलेसियामा एनआरएनएबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।

एनआरएनए मलेसियामा चुनाव हुने तय भएपछि अब आगामी दिनमा नयाँ नजिर बस्ने कतिपय एनआरएनए अभियान्ता हरुको भनाइ छ । चुनाव भनेको स्वच्छ प्रतिस्पर्धा हो , चुनावले सहि नेतृत्व छान्न लाई सक्दो सहयोग पुग्ने भएकोले सबै मिलेर चुनाव सफल बनाउनमा लाग्नुपर्ने बताउछन् ।

एनआरएनए मलेसियाको निर्वाचनमा भाग लिएका यी दुई पद बाहेकका सबै उम्मेदवार हरु निर्विरोध सर्वसम्मत निर्वाचित भैइसकेका छ्न ।