क्वालालम्पुर (मलेसिया):= गैर आवासिय नेपालि सघं (एनआरएनए) क्षेत्रीय समिति जोहोर क्षेत्रको नव निर्वाचित चौथो कार्यसमितिको प्रथम बैठक सम्पन भएको छ ।
यहीँ मिति सन् २०२३ जुलाई २३ तारिख आईतवारको दिन क्षेत्रीय समिति जोहोरले आफ्नै कार्यलयमा नव निर्वाचित अध्यक्ष बेदना क्ष्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकमा नव निर्बाचित सम्पुर्ण पधादिकारि लाइ हार्दिक बधाइ दिदैं एक आपसमा परिचयात्मक कार्यक्रम गरि बैठक सम्पन्न भएको हो ।

बैठकमा आगामि दिनमा क्षेत्रीय समिति जोहोरले नेपाली श्रमिक माझ श्रमिककै हितको लागि के- कस्ता कार्य गर्न सकिने भन्ने बिषय बस्तुमा छलफल भएको थियो । त्यसैगरी बैठकले संघको क्षेत्रीय सल्लाहकारमा रमेश मल्ल र युवराज ज्योतिलाई चयन गरेका छ्न , भने संरक्षकमा मिम बहादुर गुरुङ र हरि बहादुर बस्नेतलाई चयन गरेको सचिव छविलाल गिरिले जानकारी दिए ।

त्यस्तै एनआरएनए मलेसिया केन्द्र क्वालालम्पुरको यहीँ जुलाई ३० तारिख आयोजना हुने अधिवेशनलाई सफल बनाउन जोहोर समितिले समेत प्रभावकारी भुमिका खेल्ने सचिव गिरिले बताए ।



















