म एनआरएनएको अध्यक्ष भएमा पीडित श्रमिकलाई हवाई टिकट सहयोग गर्नेछु: उम्मेदवार राकेश महतो।

Rn Chaudhary tharu

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आगामी कार्यकाल सन् २०२३-२०२५ सम्मको लागि उम्मेदवारी दिएका राकेश महतोले आफू अध्यक्ष पदमा निर्वाचित भएपछि हवाई टिकट नपाएर मलेसियाबाट स्वदेश फर्किन नपाएका श्रमिकलाई हवाई टिकट सहयोग गर्ने बताएका छ्न ।

महतोले आयोजित एक पत्रकार सम्मेलनमा पत्रकारले गरेका प्रश्नको जवाफ दिँदै भने,”म अध्यक्ष भएपछि जेल सजाय पूरा भएर घरफिर्ती केन्द्रमा होस् वा बिरामी परेका नेपाली लाइ स्वदेश फर्किन हवाई जहाँजको टिकटले रोकिदैन, गुनासो आउन साथ् समस्यामा परेका नेपाली श्रमिकका लागि स्वदेश फर्किन आवस्यक हवाई टिकट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

नेपालको प्रदेश नम्बर २ (मधेस प्रदेश) बारा जिल्लाको  महागढीमाई नगरपालिका, वडा नं. १, बरियारपुरमा जन्मिएका राकेश महतो मलेसियाकै स्थानीय युवतीसंग विवाह गरेर  पछिल्लो २४ बर्षदेखी मलेसियाको जोहोर राज्यमा बसोबास गर्दै आएका छ्न ।

जोहोरमा बसोबास रहेकै कारण धेरैको जिज्ञासा थियो कि , जोहोर बाट अन्य राज्यमा समस्यामा परेका नेपाली लाइ कसरी सहयोग गर्ने? यस् विषयमा उनले भने” म आफ्नै नेतृत्वमा एक उद्दार टोलिनै बनाउँछु समस्यामा परेका पिडित नेपालीहरु लाई जतिसक्दो चाँडो सहयोग गर्नेछु, क्वालालम्पुरमा भन्दा ठूलो शहर जोहोर पनि हो त्यही राज्यमा अवस्थित मेरो बसोवास छ। र मेरो ससुराली घर क्वालालम्पुरमा पनि छ । मैले सकेको सहयोग जसरी जहाँ बसे पनि नेपाली कामदारको हितमा नै काम गर्नेछु, ” उनले भने ”

मलेसियामा सामाजिक कार्यमा पनि महतोको रुचि धेरै छ। नेपाली श्रमिकलाई भइपरि आएका बेला आवश्यक सहयोग , समन्वय गर्दै आएका छन्। नेपाली श्रमिकको लागि केहि गर्छु भन्ने सोच भएका महतोले भने यस पटक एनआरएनएको नेतृत्व पंक्तिमा बसेर अझै बढी नेपाली श्रमिकको सेवा गर्ने चासो लिएको बताउछन ।

उनले घोषण पत्रमा उल्लेख गरेका छन् की आफु अध्यक्ष भएपछि मासिक २ हजार रिंगेट कोषमा जम्मा गर्ने दुतावास सँग निरंतर सहकार्य गर्ने मलेसीया रहेका बिभिन्न संघ संस्था , पत्रकार लगायत सँग जोडिएर श्रमिक हकको हितको लागि एकजुट भएर काम गर्न सक्ने बाताबरण निर्माण गर्ने जस्ता कुरा घोषणापत्र मा समावेश गरिएको छ ।