एनआरएनए मलेसियामा अध्यक्ष र महासचिव पद बाहेकका सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार हरु को अन्तिम नमावली प्रकाशन सार्वजनिक गरेको छ ।

निर्वाचन समितिले आज मिति सन् २०२३ जुलाई २२ तारिखको दिन सार्वजनिक गरेको सूचना नमावली अनुसार अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका तीन जना उम्मेदवार हरु बिनोद बहादुर थापा , राकेश प्रसाद महतो , सन्तोष कार्की र महासचिव पदमा उम्मेदवारी दिएका दुईजना उम्मेदवार हरु  बिमल राना , टेक बहादुर अधिकारी बाहेक अन्य सबै पदमा उम्मेदवारी दिएका उम्मेदवार हरु निर्विरोध निर्वाचित भएका छ्न ।

निर्विरोध निर्वाचित हुनेहरू मा बिधान अनुसार उपाध्यक्ष पदमा चाहिने ६ जना उपाध्यक्ष मध्यमा ५ जना क्रमशः  इन्द्र नारायण लिम्बु , रजित कुमार क्षेत्री , अरुण गिरी , दिल कुमार केरुङ, हेमराज सापकोटा निर्विरोध निर्वाचित भएका छ्न , १ जना उपाध्यक्ष पछि निर्वाचनको दिन मनोनीत गरिने निर्वाचन समितिले बताए । महिला उपाध्यक्षमा भने लिला मगर , युवा उपाध्यक्षमा नारायण अधिकारी निर्विरोध निर्वाचित भएका छ्न ।

त्यस्तै सचिवमा श्याम बहादुर श्रेष्ठ , विशु प्रसाद बराल , कोषाध्यक्षमा बाल धोज लिम्वु , युवा संयोजकमा राजु तामाङ , महिला संयोजक इन्दु वस्नेत पनि निर्विरोध निर्वाचित भएका छ्न । सह – कोषाध्यक्ष पदमा पनि निर्वाचनको दिन मनोनीत गरिने समितिले बताए ।

त्यस्तै १० जनाको पद रहेको सदस्य हरु मा क्रमशः विष्णु चौधरी ,  राजु कुमार श्रेष्ठ , भेशराज ज्ञवाली “हरि” , खेम राज खत्री , विजय मण्डल , उमेश कोहिरी महतो गरि ६ जना निर्विरोध निर्वाचित भएका छ्न , भने अन्य बाँकी रहेको ४ जना सदस्य पदमा पनि पछि निर्वाचनको दिन मनोनीत गरिने समितिले जनाएको छ ।

त्यस्तै आईसिसि सदस्यहरुमा तीन जना क्रमशः शेर बहादुर गुरुङ , सन्तोष प्रकाश रिजाल , मिरा पुरि गीरी निर्विरोध निर्वाचित भएका छ्न ।

एनआरएनए मलेसियाको आगामी नेतृत्व सम्हाल्नलाई अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका तीन जना उम्मेदवारहरु बीचमा आजको दिनसम्म पनि आपसी सहमति जुट्न सकेको छैन । त्यस्तै महासचिव पदमा उम्मेदवारी दर्ता गराएका दुईजना उम्मेदवारहरु बीचमा पनि सहमति जुट्न सकेको छैन , जसले गर्दा आगामी जुलाई २९ , ३० तारिख हुने निर्वाचनको दिन यी दुई पदको लागि चुनाव (प्रतिस्पर्धा) हुने सम्भावना बढेको छ ।