एनआरएनए मलेसियाको आगामी अध्यक्षमा बिनोद थापा नै किन ? यस्तो छ्, उनले गरेका उल्लेखनीय कार्यहरु।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= पाँच लाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको देश हुन मलेसिया । यहीँ मलेसियामा यतिखेर गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशनको सरगर्मी बढेको छ । एनआरएनए मलेसियाको आगामी २०२३-२५ सम्मको कार्यकालको लागि निर्वाचन यहीँ मिति सन् २०२३ जुलाई २९ तारिख शनिबारको दिन र ३० तारिख आईतवारको दिन अधिवेशन गर्ने तय भएको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता जुलाई १५ तारिख शनिबार सम्पन्न भैइसकेका छ्न ।

२३ जनाको कार्यसमिति रहेको एनआरएनए संस्थाभित्र अध्यक्ष पदको लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छ्न् । उम्मेदवारी दर्ता गराउनेमा  एनआरएनए मलेसियाका बर्तमान अध्यक्ष बिनोद थापा हुन । थापाको प्रतिद्वन्दीको रुपमा अहिलेका बर्तमान एनआरएनए मलेसियाका उपाध्यक्ष राकेश महतो र केन्द्रिय सदस्य सन्तोष कार्की पनि अध्यक्ष बन्ने दौडमा लागेका छ्न । एनआरएनए मलेसियाको इतिहास हेर्ने हो भने, अहिले सम्म सर्वसम्मतिमै अध्यक्ष लगायतको नयाँ नेतृत्व चुनीने प्रचलन रहि आएको छ । यसपटक पनि सर्वसम्मति नेतृत्वको पक्षमा यहाँका सामाजिक अगुवा , ब्यावसायी, ब्यापारी र एनआरएनए अभियन्ताहरु कृयाशिल भएर लागेका छ्न ।

अब यहाँ थोरै चर्चा गरौं एनआरएनए मलेसियाको आगामी कार्यकालको लागि पुनः अध्यक्ष पदमा बिनोद थापा लाई नै किन जिताउने ? किन पुनः थापालाई नै अध्यक्ष बनाउने ?

एनआरएनए मलेसियाको नेतृत्व सम्हालेका अध्यक्ष थापा भन्दा पहिलेका तत्कालीन अध्यक्ष हरु श्रमिक सम्बन्धित कुनै न कुनै विवादमा फसेर चर्चामा आएका थिए । पहिलेका कुनै अध्यक्षमाथी नेटवर्किङ ब्यावसाय मार्फत श्रमिक ठगेको आरोप लागे भने , कुनैमाथी म्यानपावर ब्यावसायमार्फत  श्रमिक मलेसिया ल्याएर अलपत्र पारेको र श्रमिकलाई आफ्नो कम्पनीमा काम गराएर काम गरेको पारिक्ष्रमिक भुक्तानी नगरेको लगायत अन्य कैयौं विभिन्न बाहानामा श्रमिकलाई दु:ख दिइएको घटना हरु समेत बाहिरिएको थियो ।

मलेसियामा  नेपाली श्रमिकको दु:ख, समस्यालाई नजिकबाट नियालेर निश्वार्थ भावनाको साथ सहयोग गर्दै आएका बर्तमान अध्यक्ष थापा भने सन् २०२१ – २०२३ सम्म आफू र एनआरएनएलाई पुर्ण विवादरहित राखी पुरै कार्यकाल सम्पन्न मात्रै गरेनन् , एनआरएनए मलेसियाको शिर विश्वभरका नेपाली श्रमिक , एनआरएनएहरु समक्ष र नेपाल सरकारसमक्ष उच्च पार्ने काम गरे । पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिइएका एकदमै सरल र मिलनसार स्वभावका धनी व्यक्ति बिनोद थापा मलेसिया रोजगारीमा कार्यरत रहि दुई दशक बिताइसकेका छ्न्। थापा मलेसियामा साधारण श्रमिकका रुपमा रोजगारीमा आएर काम गर्दागर्दै ब्यावसाय , ब्यापारमा होमिएका हुन। थापाले रेष्टुरेन्ट ब्यावसाय, आफ्नै सुरक्षागार्ड कम्पनी लगायतको क्षेत्रमा जमेर काम गर्दै नेपाली श्रमिक उद्दार र सामाजिक कार्यमा समेत उतिकै सक्रिय रहि काम गर्दै आएका छ्न ।

पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका उम्मेदवार बिनोद थापा

साथै एनआरएनए मलेसियाको इतिहासमै पहिलोपटक थापा अध्यक्षमा निर्वाचित भएकै कार्यकाल सन् २०२१ – २०२३ सम्म एनआरएनए संस्था विवादमुक्त रहेको र कोरोना माहामारीकै बेलादेखि अहिलेसम्म श्रमिक उद्दारका निम्ति उल्लेखनीय कार्यहरु गर्दै आएको मलेसियामा रहेका सामाजिक संघसंस्थाका अगुवाहरुले बताउँछन् । थापाले एनआरएनए मलेसिया र यहाँ कार्यरत नेपाली श्रमिकहरुका निम्ति गरेको योगदानलाई नियाल्ने हो भने पुनः एकपटक थापालाई नै एनआरएनए मलेसियाको नेतृत्व अध्यक्ष पद दिनुपर्ने मलेसियामा रहेका अधिकाँस सामाजिक अगुवा र बर्तमान लगायत पुर्व एनआरएनए अगुवाहरुको भनाइरहेको छ ।

थापा यस् अघि मिति सन् २०२१ , जुलाई २० तारिख मंगलबारको दिन एनआरएनए मलेसियाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यतिबेला कोरोना भाइरस (कोभिड-१९) को माहामारीले आम स्थानीय जनतासंगै नेपाली श्रमिक आत्याधिक मारमा पर्नुको साथै कैयौं किसिमको दु:खको सामना गर्नुपरेको थियो । कोरोनाकालको बेला अध्यक्ष थापाले एनआरएनएका सबै पदाधिकारीहरुलाई एकजुट बनाइ स्वयंसेवक  परिचालन गरेर कोरोनाबाट प्रभावित १२ सय भन्दा बढी नेपाली श्रमिकहरुलाई आफैं पनि फिल्डमै खटेर खाद्यान्नसंगै आर्थिक भौतिक सहयोग गरेका थिए ।

अध्यक्ष थापाले कोरोना माहामारीबाट पीडित र अन्य विभिन्न कारणले पीडित नेपाली श्रमिकहरुलाई स्वदेश फर्किनलाई हवाई टिकट किनिदिएर सहयोग गरे भने , मलेसियाको जेलमा परेर सजाय पूरा गरिसकेर पनि टिकट अभावमा स्वदेश फर्किन नपाएका जेल पीडित नेपालीहरु लाई दूतावासको समन्वय , सहकार्यमा एनआरएनए संस्थामा रहेको आर्थिक रकमले करिब ४०० भन्दा बढी नेपालीहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फर्काइएका हुन।  अध्यक्ष थापाकै अग्रसरता र पहलमा मलेसियामा कार्यरत वैधानिक वा अवैधानिक जस्तोसुकै पनि कुनै नेपाली श्रमिक बिरामी परेर उपचारको लागि अस्पताल भर्ना भएको तर अस्पतालको उपचारखर्च तिर्न नसक्ने आर्थिक कमजोर भएका सयौं नेपालीलाई अस्पतालको बिल तिरिदिएर आर्थिक सहयोग गरेका हुन ।

एनआरएनए कार्यालय भित्र नेपाली पीडित श्रमिक हरु बस्न मिल्ने कोठा ।

त्यस्तै अध्यक्ष थापाकै पहलमा विशेषगरि पीडित र बिरामी नेपाली श्रमिकको उदेश्यको लागि एनआरएनएको आफ्नै ब्यवस्थित कार्यालय , अफिस र (transit point) सेल्टर हाउँस स्थापना गरेर सञ्चालनमा ल्याए । सेल्टर हाउँसले बिरामी परेका र स्वदेश फर्किनलाई क्वालालम्पुर , नेपाली दूतावास क्षेत्रमा आएर आर्थिक अभावमा रातीको समयमा बाँस बस्ने ठाउँ नपाएर पुलमुनी रात बिताउने , भौतारिरहने नेपाली श्रमिकहरुलाई ठूलो राहत मिल्यो । सेल्टर हाउसमा चारवटा कोठा छ्न , जसमा एउटा् कोठामा खाना पकाउन मिल्ने सबै सामाग्री राखिएको छ । तातो र चिसोपानी पिउन मिल्ने मेसिन राखिएको छ । आफू ले संस्थाभित्रका पदाधिकारीहरु संग समन्वय गरि थोरबहुत आर्थिक संकलन गरि सेल्टर हाउसमा बस्ने , नेपाली र बिरामीहरु लाई आवश्यक पर्ने फलफुल , खानेकुरा , तरकारी किनिदिएर बन्दोबस्त गर्दै आएका छ्न अध्यक्ष थापाले ।

अध्यक्ष थापाकै कार्यकालमा एनआरएनए मलेसिया र जापानको आर्थिक सहयोग र मलेसियास्थित नेपाली दूतावासको समन्वयमा इन्डोनेसियामा जेलमा रहेका  नेपालीलाई समेत उद्दार गरेर स्वदेश फर्काइएको थियो । केहि महिना पहिले थाईल्यान्डको बैंककमा आयोजित विश्वभरको एनआरएनएहरुको एसिया प्यासिफिक सम्मेलनमा एनआरएनए मलेसियाको तर्फबाट उपस्थित भएर मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्याबारे कुरा राखेर समाधान उपायहरूको खोजी गर्नलाई चासो व्यक्त गरेका थिए अध्यक्ष थापाले ।

अध्यक्ष थापाले बेला बेला नेपालमा आउने प्राकृतिक प्रकोपको समयमा आवश्यक परेको क्षेत्र , जिल्लामा समेत खाद्यान्न लगायत आर्थिक रकम सहयोग गरेका हुन । त्यस्तै मलेसियामा रहेको एकमात्रै दर्ता प्राप्त फुटबल क्लन हिमालयन फुटबल क्लबसंगै नेपालबाट मलेसियामा तेक्वान्दो , फुटबल , भलिबल लगायत विभिन्न खेलहरु खेल्न आउने नेपाली खेलाडीहरुलाई समेत सक्दो आर्थिक सहयोग गर्दै आइरहेको छ । अध्यक्ष थापाले मलेसियामा रहेका प्रायःजसो सबै नेपाली संघसंस्था , पत्रकार , नेपाली राजदूतावास , ब्यावसायी ब्यापारी , नेपाली श्रमिक लगायतसंग सहकार्य समन्वय गरि सामाजिक र श्रमिक उद्दारका काम सक्रिय रुपमा लागेर काम गर्दै आएका छ्न ।

अध्यक्ष बिनोद थापाले एनआरएनए मलेसियाको नेतृत्वमा रहेर यहाँ कार्यरत नेपाली श्रमिकको हितको लागि गरेका त्यस्ता कैयौं उदाहरणीय कार्यहरु छ्न , जसले थापालाई पुनः आगामी सन् २०२३-२०२५ सम्मको कार्यकालको लागि निर्विरोध सर्वसम्मत अध्यक्ष बन्न सहयोग पुग्नेछन् । र दुईजना प्रतिद्वन्द्वी उम्मेदवारहरु पनि सहमतिमै सहकार्य गरि बिनोद थापा लाई नै अध्यक्ष बनाउनेछ्न् , भन्नेमा मलेसियावासी बिश्वस्त रहेका छ्न ।