एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोरको अध्यक्ष पदमा वेदना क्ष्रेष्ठ निर्विरोध निर्वाचित।

[ आरएन चौधरी थारु ]

जोहोर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोर राज्यको चौथो अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ।

आज मिति सन् २०२३ जुलाई १६ तारिख आईतवारको दिन जोहोर राज्यमा एनआरएनए जोहोर समितिका निबर्तमान अध्यक्ष हरि बस्नेतको सभापतित्वमा आयोजित क्षेत्रीय समिति जोहोरको चौथो अधिवेशनले सन् २०२३-२०२५ सम्मको लागि सर्वसम्मत नयाँ कार्यसमिति निर्विरोध निर्वाचित हुँदै कार्यक्रम सम्पन्न भएको हो ।

चौथो अधिवेशनको निर्वाचन समिति संयोजक कृष्ण केशीले बताए अनुसार एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोरको नयाँ कार्यसमितिको अध्यक्षमा सर्वसहमत निर्विरोध वेदना क्ष्रेष्ठ निर्वाचित भएकी छिन् । एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोरको इतिहासमै पहिलोपटक महिलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोर राज्यको अध्यक्ष पदमा निर्वाचित वेदना क्ष्रेष्ठ (महिला)

त्यस्तै अन्य समितिका सबै पदाधिकारी पनि सर्वसम्मतनै निर्विरोध निर्वाचित भएका छ्न । नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन बहादुर सिंह , उपाध्यक्षमा बिन्दु दर्लामी , सचिव छविलाल गिरि , सह-सचिव भिम लुहार , कोषाध्यक्ष तिलक क्ष्रेष्ठ , सह – कोषाध्यक्ष संञ्जु चाम्लिङ , युवा संयोजक सागर रावल निर्वाचित भएका छ्न् ।

त्यसैगरि सदस्यहरुमा क्रमशः सुनिता साह , बिनोद भण्डारी , प्रेम नारायण क्ष्रेष्ठ , अभय विश्वकर्मा , बिजय कुमार राई , दामोदर ओली , दिपक कार्की , मान मगर , राम बहादुर थापा खेमराज तामाङ , प्रमोद भण्डारी , ईश्वर केसि , प्रेम बिष्ट , विनय हमाल , जीवन रोका मगर , सशिकला राई , राममाया दराई , बिनु राई , राजु बिक , राम शरण यादव , उषा केसि , रामबली मण्डल निर्वाचित भएका छ्न । त्यस्तै बैकल्पिक सदस्यमा विशेष कार्की , श्याम कुमार बस्नेत निर्वाचन भएका छ्न ।

चौथो अधिवेशन कार्यक्रममा प्रमुख अतिथि एनआरएनए ग्लोबल केन्द्रका सचिव खगेन्द्र न्यौपाने , विशेष अतिथि एनआरएनए मलेसिया केन्द्र क्वालालम्पुरका अध्यक्ष बिनोद थापा , अतिथिहरुमा एनआरएनए केन्द्र क्वालालम्पुरका उपाध्यक्ष राकेश महतो , उपाध्यक्ष हेमराज सापकोटा , महासचिव रन्जित क्षेत्री , कोषाध्यक्ष कृष्ण नेपाल , पत्रकार कृष्ण गुप्ता लगायत मलेसियामा विशेष गरि जोहोरमा सक्रिय समाजिक संघसंस्थाका पदाधिकारीहरु र नेपाली ब्यावसायी , ब्यापारीहरु , नेपाली श्रमिकहरुको उल्लेख्य सहभागीता रहेको थियो । फोटो : कृष्ण गुप्ता