[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको निर्वाचनको लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। आज मिति सन् २०२३ जुलाई १५ तारिख शनिबार एनआरएनए मलेसियाको क्वालालम्पुरस्थित कार्यालयमा उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।
एनआरएनए मलेसियाको आगामी २०२३-२०२५ सम्मको कार्यकालको लागि अध्यक्ष पदमा तीन जना क्रमशः बिनोद थापा , राकेश महतो , सन्तोष कार्कीको उम्मेदवारी परेको छ। वरिष्ठ-उपाध्यक्षमा दुईजना इन्द्र नारायण लिम्बु , रजित कुमार क्षेत्री , उपाध्यक्षमा अरुण गिरी , दिल कुमार केरुङ, हेमराज सापकोटा , महिला उपाध्यक्षमा लिला मगर , युवा उपाध्यक्षमा नारायण अधिकारी , महासचिवमा कृष्ण प्रसाद नेपाल , विमल कुमार राना , टेक बहादुर अधिकारीको उम्मेदवारी परेका छ्न ।
त्यस्तै सचिवमा श्याम बहादुर श्रेष्ठ , विशु प्रसाद बराल , कोषाध्यक्षमा बाल धोज लिम्वुको उम्मेदवारी परेका छ्न, युवा संयोजकमा राजु तामाङ , महिला संयोजक इन्दु वस्नेतले उम्मेदवारी दिएका छ्न । त्यस्तै सदस्यहरुमा क्रमशः विष्णु चौधरी , सेर बहादुर गुरुङ , राजु कुमार श्रेष्ठ , भेशराज ज्ञवाली , खेम राज खत्री , विजय मण्डल , उमेश कोहिरी महत्तोले उम्मेदवारी दिएका छ्न ।

उम्मेदवारी दिइएका मध्य अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेकोले कडा प्रतिस्पर्धा हुने देखिन्छ्। त्यस्तै वरिष्ठ-उपाध्यक्ष , उपाध्यक्ष , महासचिव पदमा पनि विधान अनुसार निर्वाचन समितिले सार्वजनिक गरेको संख्या भन्दा बढी उम्मेदवारहरुको उम्मेदवारी परेकोले तिनीहरु बीच प्रतिस्पर्धा हुने देखिन्छ् ।
यता महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिइएका लिला मगर , युवा उपाध्यक्ष नारायण अधिकारी , सचिवमा श्याम बहादुर क्ष्रेष्ठ, बिशु प्रसाद बराल , कोषाध्यक्ष बल धोज लिम्बु , युवा संयोजक राजु तामाङ , महिला संयोजक इन्दु बस्नेत स्वत् निर्विरोध निर्वाचित हुने देखिन्छन् ।
त्यस्तै सदस्यहरुमा उम्मेदवारी दिइएका क्रमशः विष्णु चौधरी , सेर बहादुर गुरुङ , राजु कुमार श्रेष्ठ , भेशराज ज्ञवाली , खेम राज खत्री , विजय मण्डल , उमेश कोहिरी महत्तो लगायत निर्विरोध निर्वाचित हुने देखिन्छन् ।
एनआरएनए मलेसियाभित्र अन्य सबै पदमा पनि सहमतिबाटै नेतृत्व चयन हुनेमा हामी सबै विश्वस्त रहेको अधिवेशन निर्वाचन समिति संयोजक तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबलका केन्द्रीय सचिव खगेन्द्र न्यौपानेले बताए ।
निर्वाचन समितिका अनुसार पुनश्च : यी उम्मेदवार उपर कुनै दावी विरोध रहेमा दावी विरोधको लागि १६ जुलाइ २०२३ दिनको ठिक ३ बजे भित्र निर्वाचन समितिको कार्यालय अथवा समितीको आधिकारीक इमेल ठेगाना । electionnrnamalaysia2023@gmail.com ) मा पठाउन सकिनेछ । साथै उम्मेदवारहरुले उम्मेदवारी फिर्ता गर्न चाहेको खण्डमा यहीँ २२ जुलाइ २०२३ को बेलुका ३.०० बजे सम्म निर्वाचन समितिलाइ लिखित रुपमा जानकारी हुने गरी फिर्ता गरी सक्नु पर्नेछ ।
अन्तिम नामवाली प्रकाशन : २२ जुलाइ २०२३ बेलुका ५.३० वज्जे सम्म अन्तिम नामवाली प्रकाशन गरीन्छ। र मतदान २९ जुलाइ २०२३ को विहान ९.०० बजे देखि बेलुका ५ बजे सम्म मतदान हुने समितिले जनाए । एनआरएनएको अधिवेशन यहीँ जुलाई ३० तारिख आईतवार होटल ग्रेण्ड कन्टिनेन्टलमा आयोजना हुनेछन् ।



















