काठमाडौं:= ‘तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो
भमराझैँ छानीछानी फूलमा डुल्न सकिन भो
बैगुनीको मायाले धुरुधुरु रुने बनायो’ यो सर्वप्रिय गीत झण्डै पन्ध्र वर्षअगाडि प्रकाश केसीको शब्द, सन्तोष श्रेष्ठको संगीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियोे ।
आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ। सञ्जीव बराइलीको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतमा समीक्षाले आफैं अभिनय गर्नुभएको छ ।
रामकुमार केसीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियोलाई सन्तोष राजबहाकले निर्देशन गर्नुभएको हो ।भिडियो कामना डिजिटलको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।




















