गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन जुलाई ३० तारिख, आईतवार हुने।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको आगामी २०२३-२५ सम्मको कार्यकालको लागि निर्वाचन सम्पन्न हुने मिति तय भएको छ।

क्वालालम्पुरमा एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापाको अध्यक्षतामा केहि दिनअघि बसेको बैठकले यहीँ बर्ष सन् २०२३ जुलाई ३० तारिख आईतवारको दिन निर्वाचन सभ्य र भब्य रुपमा सम्पन्न गर्ने तय भएको हो। साथै बैठकले निर्वाचन धाधलीरहित , विवादरहित रुपमा सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरेका छ्न।

निर्वाचनको समितिको संयोजकमा एनआरएनए आईसिसि सचिव एबंम संघ मलेसियाका पुर्व अध्यक्ष खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ। समितिका अन्य सदस्यहरुमा बाबुराम शर्मा,बिष्णु पौडेल,फर्शु गौली, र भिम बहादुर बुढाथोकी रहेको महासचिव रन्जित क्षेत्रीले मलाया खबरलाई जानकारी दिनुभयो।

उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले सोही बैठकको क्रममा निर्वाचन प्रमुख खगेन्द्र न्यौपानेलाई पत्र हस्तांतरण गरेका हुन।

एनआरएनए मलेसियाले निर्वाचन समिती गठन गरि निर्वाचन संयोजकमा आईसिसि सचिव न्यौपानेलाई जिम्मेवारी दिएपछि उनले आफूलाई योग्य सम्झी उक्त जिम्मेवारी दिएकोमा एनआरएनए एनसिसि मलेसियाको कार्यसमितिलाई धन्यवाद ब्यक्त गर्दै निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाए।

एनआरएनए मलेसियाको आगामी अधिवेसनका लागी अहिलेसम्म ४५५५ जना नेपालीले आधिकारिक रुपमा सदस्यता लिएका छन। हाल एनआरएनए मलेसियाले बिश्वभरका शक्तीशाली एनआरएनए देशको सुचिमा आफ्नो नाम लेखाउन सफल भएको छ ।