बालेन शाहको प्रश्न: भारतको विरुद्धमा बोल्दा के म आजदेखि अपराधी भए ?

काठमाडौं := काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन्। सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् ।

‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतले नेपालमाथी गरेको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको,’ उनले लेखेका छन् ।