एनआरएनए थाईल्याण्ड‌ बैङ्कक क्षेत्रिय समन्वय परिषदको छैंठौ साधारण सभा भब्य सम्पन्न, अध्यक्षमा राजु बलामी।

[ दिनेश खड्का”खप्तडि” ] 

थाइल्यान्ड := गैर-आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् थाईल्याण्ड‌ बैङ्कक क्षेत्रिय समन्वय परिषदको छैंठौ साधारण सभा भब्य सम्पन्न भएको छ। आईतबार सम्पन्न साधारणसभाले सन् २०२३-२५ सम्मको कार्यकालको लागि राजु बलामीको अध्यक्षतामा निर्विरोध १३ सदस्यीय निर्वाचित गरेको छ।

क्रमशः नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा क्रमशःकमल गुरुङ,मणिराज न्यौपाने,बिछाई लिम्बू, ईन्द्रा केसी,महासचिवमा सागर बुढाथोकी,सचिवहरुमा क्रमशःदिपक जोशी र विष्णु गैरे, कोषाध्यक्षमा बिष्णु पोखरेल र सह-कोषाध्यक्ष लोकेन्द्र राई निर्वाचित भएका छ्न ।

त्यस्तै महिला संयोजकमा सुश्री रिमा कार्की,महिला सह-संयोजकमा पबित्रा तिवारी र युवा संयोजकमा केशव अधिकारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक राज बहादुर साउदले बताए।

निवर्तमान बैङ्कक क्षेत्रिय समन्वय परिषदका अध्यक्ष पदम ढुंगेल(२०२१-२३)कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरु साथै कार्यसमितिका सहकर्मीहरू लाई धन्यवाद दिँदै कार्यकाल विधिवत् रूपमा विघटन भएको घोषणा गरेका थिए ।

उक्त साधारणसभा कार्यक्रमको सञ्चालन कमल गुरुङले गरेका थिए। एनआरएनए थाईल्याण्ड बैङ्कक क्षेत्रिय समन्वय परिषद्का अध्यक्ष पदम ढुंगेलको सभापतित्वमा भएको साधारणसभा कार्यक्रमको प्रमुख अतिथि गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद थाईल्याण्डका अध्यक्ष भबिन्द्र बस्नेत र विशेष अतिथिमा समाजसेवी डिबेट खनाल रहनुभएको थियो।

थाईल्याण्डमा कृयाशिल नेपाली संघ-संस्थाका प्रतिनिधिहरू , बिभिन्न पेशा,रोजगारी, व्यावसाय लगायतका बैङ्कक आसपासमा बसोबास गर्दै आएका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।