मेक्सिकोमा भएको भयंकर सडक दुर्घटनामा कम्तिमा २७ जनाको मृत्यु।

एजेन्सी:= मेक्सिकोमा भएको भयंकर सडक दुर्घटनामा कम्तिमा २७ जनाको मृत्यु भएको छ। दक्षिणी प्रान्तमा यात्रुले भरिएको बस सडकबाट खोंचमा खस्दा २७ जनाको मृत्यु भएको हो भने घटनामा डेढ दर्जन बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बस सडकबाट ६० मिटर तल खसेको हो।राजधानी मेक्सिको सिटीबाट सान्टीआगो शहरतर्फ गईरहेको बस ब्रेकफेल भई दुर्घटना भएको त्यहाँको प्रहरीले बताएको छ ।