क्वालालम्पुर (मलेसिया):= नेपालकी युवती प्रकृति सिंह कुँवर मलेसियाको ‘आइ क्यान कलेज टपर’ भएकी छन् ।काठमाडौंकी कुँवर ‘नर्सिङ एण्ड इन्टरनेसनल बिजनेस स्टडी’ विषयबाट कलेज टपर भएकि हुन्।
उनी बुधबार साउथ सिटी कन्भेन्सन हलमा सम्पन्न ग्राजुएशन सेरेमोनीबाट दिक्षित भएकी छन्। ग्राजुएसन सेरेमिनीमा नेपाल दूतावासको तर्फबाट कार्यवाहक राजदुत मोती बहादुर श्रीस मगर तथा द्धितिय सचिव प्रेम बहादुर बढ थापा उपस्थित थिए।कुवरलाई उक्त समारोहमा कार्यवाहक राजदुत श्रीषले सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।

नेपालको काठमाडौं घर भएकी उनी पढाइको सिलसिलामा मलेसिया छिन् । काठमाडौंको ब्रेनल्यान्ड एकेडेमीबाट एसएलसी गरेकी उनी २०१८ देखि मलेसियामा अध्ययनरत छन्। ‘मेरो सपना सिंगापुरको अस्पतालमा काम गर्नु थियो । मलेसियाबाट सजिलो हुने देखेपछि यहाँ आएर अध्ययन गर्ने योजना बनाएँ । आज त्यो सपना पूरा भएको छ ।’, उनले गन्तव्यसँगको कुराकानीमा भनिन् ।

ग्राजुएट हुनेबित्तिकै सिंगापुरको अस्पतालबाट जागिरको अफर आइसकेको र जाने निश्चित भइसकेको उनले जानकारी दिइन्।
कलेजका सिइओ दातो चे कोङ् वाइले विशेष गरी आइ क्यान कलेजको शिक्षा गुणस्तरीय र रोजगारको ग्यारेन्टी हुने बताए । त्यसैले यही कलेज रोज्न पनि उनले सुझाए ।
यस कलेजले एउटा देशबाट बढीमा ५ जना बिद्यार्थीलाई मात्रै लिने, त्यसमा पनि मेहिनेतीलाई मात्र भर्ण लिने बताए । ‘हामी उनीहरूलाई छात्रवृत्ति लगायतको विभिन्न सेवा सुविधा दिन्छौं, तर असल र मेहनती बिद्यार्थी मात्रै छनौट गर्छौं ।’, उनले भने ।
नेपाली दुतावास संग समन्वय गरि नेपालको जेहेन्दार बिद्यार्थीहरुलाई विशेष सुविधा दिने लगायतको बिषयमा केही दिनमै निर्णय गर्ने प्रबन्ध निर्देशक गणेश कुमारले बताए।




















