१४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जित्यो।

भारत := १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । घरेलु टोली भारतले मंगलबार राति खेलिएको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि चुमेको हो ।

निर्धारित र थप गरिएको समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो । भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

भारत र कुवेत समूह ‘ए’ मा पाकिस्तान र नेपाललाई पछि पार्दै सेमिफाइनलमा खेलेका थिए। यसअघि समूह चरणमा यी दुई टोली बराबरीमा रोकिएका थिए। समूह ‘ए’ को विजेता रहेको कुवेतले समूह ‘बी’ को उपविजेता बंगलादेशलाई सेमिफाइनलमा १-० गोलअन्तरले हराएर फाइनल प्रवेश गरेको थियो।

त्यस्तै समूह ‘ए’ को उपविजेता भारतले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता लेबनानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

योसँगै भारतले नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टोली हो भारत। सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा च्याम्पियन बनेको थियो।