काठमाडौं := चलचित्र ‘अदृश्य’ साउन १९ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । निर्माणपक्षले चलचित्रको फर्स्टलुक पोष्टर सार्वजनिक गर्दै चलचित्र सिनेमाघरमा आउने मिति तय गरेको हो ।
अभिनेता प्रमोद अग्रहरि, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्र प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा निर्माण भएको हो। सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरिलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ ।
पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा प्रवीन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीता विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रूपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रूपेश थापा, अभिमानसिंह बस्नेत र प्रतीक भुजेललगायत कलाकारको पनि अभिनय छ ।
आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहनकुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सीमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको चलचित्रका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुनुहुन्छ । मीना बस्नेत निर्माता र सिएम भारद्वाज सुवेदी यसको सहनिर्माता हुनुहुन्छ ।




















