मध्यावधिको खतरामा कोसी प्रदेश, सत्तागठबन्धनलाई बहुमत जुटाउन निकै सकस।

काठमाडौं:= नेकपा एमाले नेतृत्वको कोसी प्रदेश सरकार अल्पमतमा परेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई सकस देखिएको छ। नयाँ सरकार गठनका लागि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिएको असार २१ गते बेलुका ५ बजेसम्मको समयमा बहुमत जुटाउन निकै सकस देखिएको हो।

संघीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले सरकारका गठनका लागि आवश्यक बहुमत पुर्‍याउन नसक्दा प्रदेशसभा मध्यावधितर्फ जान सक्ने खतरा बढेको छ।

सत्ता गठबन्धनका दलहरूले बहुमत पु¥याउने दाबी गर्दै आए पनि मध्यावधिको खतरा बाँकी नै रहेको प्रदेश सभामुख बाबुराम गौतमले बताउनुभयो । मध्यावधिको खतरा भए पनि त्यसलाई टार्नका लागि सभामुखको हैसियतले सबै प्रयत्न गर्ने गौतमले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।