काठमाडौं := आज नेपाल र मलेसियाबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ।
जसअनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ। यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो। दुवै खेलाडी आज आफनो जादु प्रदर्शन गर्ने तयारीका साथ मैदानमा देखिन लागेका हुन्।
एसीसी यू-१६ इस्ट जोन मा पनि नेपालले उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य राखेको छ र त्यो लक्ष्य पूरा हुनबाट नेपाल एक कमदम मात्र टाढा छ। एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो ।




















