मलेसियामा गल्फ बल टिप्ने काममा आएका एक नेपाली श्रमिकको पोखरी (सुङ्गाइ)को पानीमा डुबेर मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको लागि केहि महिना पहिले मात्रै मलेसियाको जोहोर राज्यस्थित स्टारहिल गल्फ एन्ड कन्ट्री क्लबमा गल्फ बल टिप्ने काममा आएका एक नेपाली श्रमिकको पोखरी ( सुङ्गाइ)को पानीमा डुबेर मृत्यु भएको छ।

गोल्फ क्लब का मेम्बर हरु के गोल्फ खेल सकी सके पछि उक्त गोल्फ बल टिप्ने जिम्मा त्यहाँ काम गर्ने कामदार को हुन्छ, त्यहीँ  गोल्फ बल टिप्ने क्रममा यहीँ मिति सन् २०२३ जुन २९ तारिख गएको बिहिवारको दिन दिउँसोको समयमा जोहोरको केम्पास लामाको जालान काम्पुङमायाको पोखरी (सुङ्गाइ) मा बेहोस भैइ पानीमै ढलेर डुबेर ती नेपाली श्रमिकको मृत्यु भएको हो।

जोहर राज्यको तेब्राउस्थित आगो र उद्धार विभाग ( बोमबा) का प्रवक्ता नुर अजहान अहमदले भने कि बिहिवार दिउँसो ४.२८ बजे यहाँ स्टारहिल गल्फ एन्ड कन्ट्री क्लबबाट आपतकालीन फोनकल प्राप्त गरेका थियौं ,सोही अनुसार टेब्राउ र केम्पास फायर एण्ड रेस्क्यू स्टेसन (बोम्बा ) का १७ सदस्य घटनास्थलमा उद्धार टोली (पीपीडीए) पुगेर खोजी तथा उद्धार कार्य गरेका थिए ।

“घटनामा २७ वर्षीय एक नेपाली श्रमिक पीडितको दिउँसो ०३:५० बजे तालमा डुबेर मृत्यु भएको थियो । पीडित पोखरी क्षेत्रमा गल्फ बल जम्मा गर्ने काम गरिरहेको थियो । ‘पीडित को शव डुबेको स्थानबाट तीन मिटरको दुरीमा साँझ ५:३९ बजेतिर  भेटिएको थियो,’ उनले भने । हाल मृतक ती नेपालीको शवलाई पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ ।SOURCE : BERNAMA