मलेसियाको सडकमा साइकल दुर्घटनामा बिसुनदेव मण्डलको मृत्यु, परिवारलाई दूतावासमा सम्पर्क गर्न आग्रह।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली श्रमिकको साइकल दुर्घटनामा परि मृत्यु भएको छ।

यहीँ मिति सन् २०२३ जुन २४ तारिख गएको शनिबारको राती साइकल दुर्घटनामा परेर नेपाल ठेगाना धनुषा जिल्ला घर भएका श्रमिक बिसुनदेव मण्डलको मृत्यु भएको नेपाली दूतावासका द्धितिय सचिव एवम् सूचना बिभाग प्रमुख प्रेम बुढथापाले मलाया खबरलाई जानकारी दिए।

आज भन्दा ७ बर्ष पहिले नेपालबाट मलेसियाको निपोन इलेक्ट्रिक ग्लास मलेसिया एसडिएन बिएचडी कम्पनीमा काम गर्न आएका बिसुनदेव मण्डल पछिल्लो केहि बर्षदेखि आफू कार्यरत रोजगारदाता कम्पनी छोडी भागेर अवैधानिक हैसियतमा एक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डमा काम गर्दै आएका थिए।

अवैधानिक हैसियतमा रहेका मण्डल शनिबार राती करिबकरिब ०८:०० बजेको समयमा सडकमा साइकल चलाइरहेका बेला गाडीले ठक्करले घट्नास्थलमै मृत्यु भएको सोही क्षेत्रमा कार्यरत प्रत्येक्षदर्शी श्रमिकहरुले बताए।

एकजना प्रत्येक्षदर्शी नेपालीलेनै बताए अनुसार बिसुनदेव मण्डलले शनिबार साझको समयमा साथीहरूसंग बसेर अत्याधिक धेरै मदिरा ( रक्सी ) सेवन गरेको र खानपिन सकिएपछि आफू बस्ने कोठामा जाने क्रममा सडकको घुम्तीमा साइकल मोड्न नसक्दा गाडीले ठक्कर दिएर दुर्घटनामा परेको केहि समयपछि मृत्यु भएको बताए।

मृतक मण्डलको शव पोस्टमार्टमको लागि स्थानीय प्रहरीले एम्बुलेन्समार्फत अस्पतालमा लगिएको छ। पोस्टमार्टम सकिएपश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निजको शव अन्तिम दाहसंस्कारको लागि नेपाल पठाइने तयारी थालिने सूचना बिभाग प्रमुख बुढथापाले बताए।

तर प्रमुख बुढथापाका अनुसार मृतकको आफन्त परिवार अहिले सम्म पनि दूतावासको सम्पर्कमा नआएकोले आवश्यक प्रक्रिया पूरा गर्न कठिनाइ भैइरहेको छ , त्यसैले यदी कोहि कसैले मृतक बिसुनदेव मण्डललाई चिन्नुहुन्छ भने दूतावासमा जानकारी दिनुहुन् प्रमुख थापाले अनुरोध गरेका छ्न।

Advertise