नेपाली दूतावासले मलेसियाको जोहोर राज्यमा कन्सुलर सेवा सञ्चारलन गर्दै, नेपाली श्रमिकले सेवा लिन पाउने।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासको आयोजनामा जोहोर राज्यमा कार्यरत नेपाली श्रमिकहरुलाई सहयोग पुर्याउने हेतुले कन्सुलर सेवा तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ्।

यहीँ मिति सन् २०२३ / ०७ / ०१ तारिख शनिबार र ०२ तारिख आईतवारको दिन जोहोरको ठेगाना ( Z Hotel, 18 Jalan Won Ah Fook, 80000 Johar Bahru, Johar Malaysia ) विहानको ९:३० वजेदेखि बेलुका ५ वजे सम्म कन्सुलर सेवा सञ्चालन हुने मलेसियास्थित नेपाली दूतावासले बताए।

राजदूतावासले जारी गरेको एक सूचनामा लेखेको छ : 

मलेसियाको जोहोरबारुबाट राहदानी नवीकरण लगायतको कन्सुलर सेवा उपलब्ध गराउने भएकोले सो सेवा लिन ईच्छुक नागरिकले निम्न अनुसारको विवरण भर्नुहोला।  राहदानी नवीकरणको लागि हालको राहदानीको वहाल अवधि १८ महिना भन्दा कम भएको वा पाना सिद्धिएका व्यक्तिहरुले मात्र फाराम भर्नुहुन समेत अनुरोध गरिन्छ https://docs.google.com/forms/d/1yL1FDRULEKBhU9NpB_dNYWDJUJNfK8yy0lMhxODDdRI/prefill

राहदानी नवीकरणको लागि निम्न लिंकमा क्लिक गरी ६६ पेजको फाराम भर्नुहुन अनुरोध गरिन्छ :  https://emrtds.nepalpassport.gov.np/request-service
थप आवश्यक जानकारीको लागि
नेपाली राजदूतावासका कर्मचारीहरुलाई सम्पर्क गर्न सकिनेछ।
१. श्री सुन्दर कुमार श्रेष्ठः ०१६९१४२५६०
२. श्री रवीन पोख्रेलः ०११२७२९७४७३

गैर आवासीय नेपाली संघ एनआरएनए जोहोरबाट सहजीकरण गर्नुहुनेहरु लाई पनि सम्पर्क गर्न सकिनेछ।
१. अध्यक्ष श्री हरीबहादुर बस्‍नेतः ०१४६१२८३७०
२. महासचिव श्री मिनबहादुर गुरुङः ०१६७८११५६७