राष्ट्रपति रामचन्द्र पौडेल उपचार पश्चात् अस्पतालबाट डिस्चार्ज।

काठमाडाैं:= राष्ट्रपति रामचन्द्र पौडेल उपचार गरेर निवास फर्किएका छन्। असार २ गते बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति निकालेर राष्ट्रपति पौडेल उपचार गराएर निवास फर्किएको उल्लेख गरेकी छन्। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ।