एजेन्सी:= साउदी अरेबियामा अहिलेसम्मकै विशाल हज यात्रा शुरु भएको छ। हज यात्राका लागि विश्वभरका २५ लाख मुश्लिम धर्माबलम्बीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।साउदीको पबित्र स्थल मक्कामा भेला भएका हज यात्रीहरुको भीड थामिनसक्नु भएको छ ।
आइतबार देखि शुरु भएको हज यात्रामा गत वर्षको तुलनामा तीर्थयात्रीहरुको संख्या लाखौ बढेको र यसले हज यात्राको इतिहासनमा नयाँ रेकर्ड तोड्ने अनुमान गरिएको छ। सन् २०२० देखि २ बर्षसम्म कोभिडका कारण प्रतिबन्ध लगाईएको हज यात्रा यो वर्ष खुकुलो पारेपछी लाखौंको सहभागिता रहेको हो ।
बिगतका बर्षहरुमा १० हजार हजयात्रीहरुलाई मात्र अनुमति दिईएकोमा यो बर्ष भने हजयात्रामा जान चाहने सबैले भाग लिन पाउने अनुमति दिएपछी भीड बढेको हो। यद्दपी सउदीको हालको तापक्रम ४५ डिग्री पुगेकाले हजयात्रीहरुलाई गर्मीेले केही असहज हुने निश्चित छ ।




















