मलेसियास्थित नेपाली दूतावासबाट पनि ६६ पृष्ठको राहदानी जारी हुने, नवीकरणको राजश्व दस्तुर शुल्क आरएम २४०

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली दूतावासले
राहदानी नवीकरणको दस्तुर सम्बन्धमा एक नयाँ सूचना सार्वजनिक गरेको छ।

सूचनामा उल्लेख भए अनुसार राहदानी नवीकरणको सिलसिलामा ३४ पृष्ठ र ६६ पृष्ठको राहदानीको राजश्व दस्तुर एउटै मुल्य मलेसियन रिंगिट आरएम २४० मात्र पर्ने भएकोले हाललाई राहदानी नवीकरणको लागि अनलाईन फाराम भर्दा अबदेखि ६६ पृष्ठको राहदानीको फाराम भर्नुहुन अनुरोध गरिन्छ, भनेर सूचनामा लेखिएको छ।

राहदानी हराएको अथवा च्यातिएको कारणले नयाँ बनाउनु परेमा डबल दस्तुर लाग्‍ने भएकोले मलेसियन रिंगिट आरएम ४८० नै तिर्नुपर्ने दूतावासले जनाएको छ। नयाँ राहदानी बनाउन अथवा पुरानो राहदानी रिनियु गर्न चाहने नेपालीहरुले दूतावासमा आउनु भन्दा पहिले अनलाइन फारम भरेर अपोइन्टमेन्ट लिएर आफुले पाएको मितिमा आउन सकिने दूतावासले बताए ।

राहदानी बनाउन फाराम भर्ने लिंक https://emrtds.nepalpassport.gov.np/ यसमा क्लिक गरेर भर्न सक्नुहुनेछ। आफैंले अनलाइन भारम भर्न नआउनेहरुले भने दूतावासमै उपस्थित भएर आवेदन दिन सकिनेछ्न र अपोइन्टमेन्ट लिन सकिनेछ। दूतावासमा आउँदा जतिसक्दो चाडो बिहानको समयमा छिटो उपस्थित हुन नेपाली श्रमिकहरुलाई दूतावासले अनुरोध गरेको छ।

दूतावासमा फारम भर्नलाई मलेसियाको स्थानीय समयअनुसार दिउँसोको १ बजेसम्म दूतावासभित्र उपस्थित भइसक्न पर्छ । दूतावासभन्दा टाढा टाढाको स्थानबाट आउनेहरू बिहानै दूतावासमा आइपुग्ने हुँदा बिहान सात बजेदेखि नै राहदानीसम्बन्धी सेवा सुरु हुने गरेको दूतावासले जनाएको छ।